१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘कुमार मामा’ नाटक धरानमा प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:३३:oo

धरान सभागृहमा सांस्कृतिक दमन, पहुँच र अवसरबाट वञ्चित आदिवासी जनजाति युवाहरूको अवस्था चित्रण गरिएको कथा बोकेको ‘कुमार मामा’ नाटक प्रदर्शन गरिएको छ।

कथाकार जनकऋषि राईले लेखेको कथा ‘कुमार मामा’को नाट्य रूपान्तरकार प्राज्ञ विष्णु मोक्तानको निर्देशनमा फागुन १७ गतेदेखि हरेक साँझ फागुन ३० सम्म मञ्चन गरिनेछ।  
लेखक राईले ०६६ सालमा प्रकाशित कथासंग्रह ‘बस्तीभित्र’को एउटा कथा ‘कुमार मामा’लाई मोक्तानले नाटकीय रूपान्तरण गरी नाटकमा पस्किएका छन्। 

कुल चार रंगमञ्चीय दृश्यमा समेटिएको नाटकले मुलुकमा गणतन्त्र ल्याउन संघर्षमा सहभागी भएका आदिवासी जनजाति युवाहरूको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ। देशमा परिवर्तन ल्याउने कल्पना लिएर द्वन्द्वमा होमिएका त्यसवेलाका युवाहरूको अहिलेको अवस्था कुमार मामाको अविवाहित मार्मिक वियोगान्तका रूपमा नाटकमा देखाइएको छ।

०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र ल्यायो। तर, त्यो जनआन्दोलनमा संलग्न युवाहरूले जुन परिकल्पना गरेका थिए, उनीहरूले के पाए ? विशेषतः आदिवासी जनजाति युवाहरूले न अवसर पाए, न राज्यमा पहुँच पाउन सके। 

राणाकाल र पञ्चायती कालमा जस्तै लाहुर जाने तयारी गर्नेहरू, त्यसमा असफल भएकाहरू गाउँ, सहरमा मजदुर गरेर जाँडरक्सी खाएर बेवारिसे मृत्युको अवस्थासम्म दोहोरिएको कथा नाटकमा रूपमा प्रस्तुत गरिएको छ।

नाटकमा आदिवासी जनजाति भएकैले सांस्कृतिक रूपमा विभेदको सिकार हुनुपरेका, आफ्नो सांस्कृतिक चाडमा रोजगारदाताले छुट्टी नदिएको र लाहुरे जाने आशाले युवाहरू गाउँमा कुलतमा फसेका कथा प्रस्तुत गरिएको छ।

अझ सहरिया संस्कृतिको अतिक्रमणले आफ्नै मानिसमा पनि सांस्कृतिक कुराहरूलाई गौण मान्ने प्रवृत्ति बढेर परम्परागत जीवन विशृंखलित बन्दै गएको कुरा हिजोआजका गाउँ, सहरका भट्टी पसल, बसपार्कमा राति देखिने सडक मानवको अवस्था, सुकुमबासी बस्तीका चौकहरूमा देखिने दृश्य नाटकमा मिहीन रूपमा प्रस्तुत गरिएको छ। 

राजधानीबाहिर एउटा राम्रो नाटकघरको अभावमै करिब सवाघन्टाको नाटक कलाकारहरूले जीवन्त प्रस्तुत गरेका छन्। नाटकमा केही हास्यव्यंग्य  रस पनि प्रस्तुत गरिँदा दर्शकदीर्घाबाट हाँसो पनि उत्तिकै निस्कने गरेको छ। 

नाटकमा आदिवासी युवाहरूको चरित्रचित्रण तथा उनीहरूको समस्या र भोगाइ सटिक रूपमा प्रस्तुत भए पनि अब युवाहरूको गन्तव्य के हुने, जीवनशैली कस्तो बनाउने भन्ने सुझाव भने नाटकले  दिन सकेको छैन।

आदिवासी जनजाति युवाहरूको गाउँ र सहरमा हुने दैनिकी कुमार मामामा सजीव रूपमा चित्रण गरिएको छ। पटकपटकको असफलता, पहुँच नभएका युवाको मनस्थिति जाँड, रक्सी खाएर विशृंखलित बनेको दृश्य नाटकमा पोखिएको छ। 

नाट्य रूपान्तरका पात्रहरू विष्णु मोक्तान, उदय बेघा लिम्बू, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री, एञ्जल तामाङको टिम रहेको छ। राजधानीबाहिर सभागृहको लथालिंग अवस्थामा पनि मञ्चलाई नाटक प्रदर्शनका लागि कलाकारहरूले नाट्य प्रस्तुतिलाई नयाँ आयम थपेका छन्। 
 

ad
ad