Skip This
एन्फा बैठकमा लफडैलफडा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १७ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा बैठकमा लफडैलफडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १६:३३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बैठक अघि बढाएको भन्दै विरोध गरेकाे छ। 

बुधबारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिति बैठक सुरु हुन नसक्ने अडानबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेन्डा अगाडि बढाएपछि ११ जना केन्द्रीय सदस्य बैठकस्थलबाट बाहिरिएका छन्।

एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक बिक्री’, खेलाडीका पुरस्कारलगायतका विषय समावेश थिएनन्। 

उनीहरूले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए। साथै उनीहरूले बैठककक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्नसमेत माग गरेका थिए। दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो।

यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए। 

यसका साथै गत नोभेम्बर–डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढी टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरूको एजेन्डा छ।