१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई एरोबिक्स किन सिकाउने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार १०:४०:००

जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति इफोर्ट लागेजस्तो महसुस तपाईंलाई एरोबिक्स गर्दा हुँदैन । अर्थात्, तपाईं रमाइलो गर्दै अभ्यास गर्नुहुन्छ । 

बच्चाले पनि गर्न मिल्छ । स्ट्रेचिङले मोबिलिटी र फ्लेक्जिबिलिटी बढाउँछ । आजकल धेरै बच्चा मोबाइलमै झुम्मिएर बस्ने गरेकाले अभिभावकलाई हैरानी भएको हुन सक्छ । बच्चालाई खेल्न पठाउनका लागि पनि सहरमा पर्याप्त स्पेस हुँदैन । यस्तोमा बच्चालाई केही समयका लागि एरोबिक्स गर्न पठाइयो भने मोटोपन नियन्त्रण भएर जान्छ । वयस्क व्यक्तिले ३० देखि ६० मिनेटसम्म दैनिक एरोबिक्स गर्नु राम्रो हुन्छ । बच्चाले थोरै समय मात्रै गरे पनि पुग्छ । किनकि, बच्चाले उफ्रने र कुद्ने काम गरिरहेका हुन्छन् र त्यसबाटै उनीहरूको फिटनेस कायम भइरहेको हुन्छ । 

शरीरमा रक्तसञ्चार बढाउँछ । श्वासप्रश्वासलाई तीव्र बनाउँछ र मस्तिष्कले आराम महसुस गर्छ । शरीर ऊर्जावान् हुन्छ । 

समूहमा बसेर एरोबिक्स गर्दाको मज्जा बेग्लै छ । नयाँ साथी सर्कल बन्छ । मुड फ्रेस रहन्छ । जुनसुकै उमेरका मानिसले पनि यो अभ्यास गर्न सक्छन् । तर, घुँडा वा शरीरका अन्य भागमा चोट लागेका मानिसलाई निको भएपछि मात्रै गर्नु राम्रो हुन्छ । किनकि, यो अभ्यासका दौरान उफ्रने र नाच्ने काम धेरै हुन्छ ।