१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण १५ सोमबार १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सञ्चालन गर्ने समयमा जग बसाल्दै चितवनका आधारभूत अस्पताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १६:२८:oo

चितवनका राप्ती र खैरहनी नगरपालिकामा सरकारले आधारभूत अस्पताल बनाउने योजना अलपत्रजस्तै छ।

राप्तीको भण्डारा स्वास्थ्यचौकीलाई विस्तार गरी १० बेडको अस्पताल बनाउने र खैरहनी नगरपालिकाको खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने सरकारको लक्ष्य हो । तर, राप्ती नगरपालिकामा निर्माणको क्रममा रहेको अस्पतालमा बल्ल अन्डरग्राउन्ड बन्दै छ।

खैरहनी नगरपालिकामा भने जग्गा अभावले तोकिएको दिनमा अस्पताल शिलान्यास हुन नसकेको अस्पतालमा भर्खर जग उठ्दै छ। खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँका अनुसार कम क्षेत्रफलमा हचुवाको भरमा पहिलोको नेतृत्वले ठेक्का दिएको भए पनि  प्राविधिक रूपमा मिलाएर काम सुरु भएको उनले बताए।

 तत्कालीन  सरकारले दुई वर्षभित्र यी अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको थियो।अहिले बल्ल यी अस्पतालहरूमा जग हाल्न सुरु भएका छन्। चितवनमा दुई अस्पतालले भर्खर जग्गा हाल्दा देशभरिको अवस्था झन् विजोग छ।

देशभर तत्कालीन केपी ओलिको सरकारले १७ मंसिर ०७७ मा एकसाथ शिलान्यास गरेका तीन सय ९६ आधारभूत अस्पतालमध्ये ४४ वटाको २८ महिनासम्म प्रारम्भिक रिपोर्टसमेत बनेको छैन।