मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ११:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ११:३३:००

 नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना विद्युतीय गाडीमा एक्सचेन्ज अफर ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो । 

अफरअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने जनाइएको छ । एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी भएको कम्पनीको दाबी छ । 

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकका लागि उत्कृष्ट अवसर दिने कम्पनीले उल्लेख गरेको छ । यो योजनाबाट ग्राहकले कोना तथा आयोनिक फाइभका सम्पूर्ण विशेषतासँग परिचित हुने कम्पनीले जनाएको छ । 

एक्सचेन्ज अफर नेपालभरिका हुन्डाई सोरुमहरूमा उपलब्ध रहेको जनाइएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जनाएको छ ।