मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण १५ सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केपी ओली कप फुटबल : ३८ मिनेटको बाँकी खेल आज

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार १०:४२:००

 केपी ओली कप फुटबल प्रतियोगिताअन्र्तगत पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि बाँकी मिनेटको खेल सोमबार खेलाइने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथबीच सेमिफाइनल प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

 मध्यान्तरपछि ६ मिनेटमा खेल चलिरहँदा भारी वर्षा, असिना तथा चट्याङ भएपछि खेल रोकिएको थियो । म्याच कमिस्नर र दुवै टोलीको सहमतिअनुसार पहिलो सेमिफाइनलको बाँकी खेल सोमबार सारिएको हो । ‘बाँकी रहेको ३८ मिनेट १५ सेकेन्डको खेल आज (सोमबार) खेलाइनेछ,’ म्याच कमिस्नर सुवास न्यौपानेले नयाँ पत्रिकासँग भने । 

पहिलो खेलमा सातदोबाटोले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । आर्मीले न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा सातदोबाटोसँगको भेट तय गरेको हो । 

दोस्रो सेमिफाइनल खेल निर्धारित तालिकाअनुसार नै दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र केपी एफसीबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र क्लब आइतबार मात्रै एपिएफलाई हराउँदै भद्रपुर–झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।