
हिउँद सकिन दुई दिन मात्र बाँकी हुँदा काठमाडौंमा आइतबार फाटफुट वर्षा भएको छ। काठमाडौंमा यो वर्षको हिउँदमा यो पहिलो वर्षा भएको हो। हिउँद १६ फागुनमा सकिँदै छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौं विभिन्न क्षेत्रमा फाटफुट वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन।
‘राति मौसम सफा नै हुने देखिन्छ, भोलि दिउँसो भने मुलुकका केही क्षेत्रमा वर्षा हुन सक्छ, तर ठूलो पानी पर्ने सम्भावना छैन,’ उनले नयाँ पत्रिकासँग भने।
अहिले गण्डकीका केही, बागमतीका थोरै र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।