Skip This
गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण १४ आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार ११:४५:oo

गुल्मी चेम्बर अफ कमर्सले नयाँ नेतृत्व पाएको छ। दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा १७ सदस्य रहेको जिल्ला कार्यसमिति चयन गरेको छ। 

पाण्येले एक कार्यकाल गुल्मी उद्योग वाणिज्य संघको नेतृत्व पनि गरेका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल पुनः निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएको चेम्बर कमर्स गुल्मीले जनाएको छ।

महासचिवमा यज्ञप्रसाद पन्थी तथा  सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे, हरिकिरण ठकुरी निर्वाचित भएका छन्। समितिको कोषाध्यक्षमा युवराज पाण्डे, सहकोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता गोपाल खनालले जानकारी दिए। 

खनालका अनुसार जिल्ला कार्यसमितिमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने र दुईजना सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। ०७५ सालमा स्थापना भएको गुल्मी चेम्बर अफ कमर्समा हाल दुई सय ५० जना सदस्य छन्। 

नयाँ नेतृत्वले आगामी चैत  अन्तिम साता गुल्मी महोत्सव गर्ने निर्णय गरेको छ। यो संस्थाले जिल्लामा व्यावसायिक विकास, विपतलगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ।