मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १४ आइतबार o७:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सात वर्षभित्र एक गाउँ एक चर्च बनाउने ग्लोबल मिसनको योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार o७:४७:oo

गृह मन्त्रालयअन्तर्गतको सुरक्षा निकायले गरेको एक अनुसन्धानअनुसार पछिल्लो समय इसाईकरणसम्बन्धी गतिविधि तीव्र बनेको छ । राज्यका निकायहरूले अनुसन्धान र कारबाहीमा चासो नदिँदा प्रलोभनमा पारेर धर्म रुपान्तरण दर बढेको उक्त निकायले जनाएको छ ।

ग्लोबल मिसन नेपाल नामक संस्थाले सन् २०३० भित्र नेपालको ‘एक गाउँ एक चर्च’लाई लक्ष्य भन्दै आफ्नो वेबसाइटमै राखेको छ । सुरक्षा निकायबाट गृह मन्त्रालय पुगेको अनुसन्धान रिपोर्टले पनि यसलाई उल्लेख गरेको छ । नेपालको संविधान र कानुनले भने प्रलोभन र दबाबमा पारेर जो–कसैलाई पनि धर्म परिवर्तन गराउनु अपराध हो यस्तो कार्य दण्डनीय हुन्छ ।

ग्लोबल नेपालका अध्यक्ष एवं नेपाली मूलका अमेरिकी नागरिक दान पोखरेल हुन् । सो संस्थाले वेबसाइटमा नेपाललगायत दक्षिण एसियाका देशमा चर्च खोल्ने र पादरीलाई तालिम दिने उल्लेख गरेको छ । संस्थाले काठमाडौंमा ‘चर्च प्लान्टिङ सेन्टर’ स्थापना गरी तालिम र ‘चर्च प्लान्टर’ उत्पादन गर्दै आएको छ । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने सो संस्थाको गतिविधि र छानबिन प्रतिवेदनबारे अनभिज्ञ रहेको बताए ।संस्थाको प्रतिवेदनअनुसार सन् २०२० मा नेपालमा ६० वटा चर्च स्थापना भएको छ । दुई हजार आठ सय ४० जनालाई इसाई धर्ममा रूपान्तरण गरेको छ ।

 ग्लोबल मिसनका अध्यक्ष पोखरेललाई देश निकाला गर्न प्रस्ताव
गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले ग्लोबल मिसन नेपालका अध्यक्ष दान पोखरेल पर्यटक भिसामा नेपालमा बसेर धर्म प्रचार तथा रूपान्तरणमा सक्रिय रहेकाले कारबाही गरी निष्कासन गर्नुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमाथि गृहले हालसम्म निर्णय दिएको छैन । अध्यागमन विभागले यसअघि पनि पर्यटक तथा व्यापार भिसामा नेपालमा बसी धर्मान्तरणमा संलग्नलाई जरिवाना गरी देश निकाला गरेको थियो ।

पछिल्लो तीन वर्षयता कोराना महामारीका कारण यस्ता धर्म परिवर्तनसम्बन्धी गतिविधि कम भइरहेका थिए । अवस्था सामान्य भएसँगै फेरि यस्ता गतिविधि बढ्न थालेको विभागका एक अधिकारीले बताए । खासगरी आर्थिक रूपले पछि परेका समुदायमा आर्थिक सहयोगमार्फत धर्मान्तरण हुने गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिमा सघाउने नाममा यस्ता गतिविधि बढेको उल्लेख छ । 

नेपालमा एकातर्फ हिन्दू राष्ट्रका लागि केही समूहले उग्र रूपमा गतिविधि गर्दै आएको र अर्काेतर्फ धर्म रूपान्तरणको गतिविधि पनि बढ्दै गर्दा राष्ट्रिय सुरक्षामै जोखिम बढाएको उच्च सुरक्षा अधिकारीहरू बताउँछन् ।