
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त हुने दाबी गरेका छन्। शनिबार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमतिअनुसार नै अब अघि बढ्ने स्पष्ट पारे। प्रदेश सरकार आगामी दिनमा स्रोत, साधन र अधिकार सम्पन्न हुने तथा कर्मचारी एवं प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्ने उनले उल्लेख गरे।
‘कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ। प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ। स्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्छ,’ यादवले भने।
नयाँ सत्तागठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने उनको दाबी छ।