
जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ। भक्तपुरको घ्याम्पे डाँडामा वनभोज गएकी सांसद रहमानलाई एक्कासि हृदयघात भएको थियो।
हृदयघात भएलगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको जसपाको प्रचार विभागले जनाएको छ। झापा घर भएकी रहमानको ६२ वर्षको उमेरमा निधन भएको हो।