Skip This
सत्तागठबन्धन धेरैबेर टिक्दैन, पुरानै ब्युँतिन्छ : भीम रावल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Tuesday, 13 May, 2025
रमेश रावल सुर्खेत
२o७९ फाल्गुण १२ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धन धेरैबेर टिक्दैन, पुरानै ब्युँतिन्छ : भीम रावल

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १३:४२:oo

अहिलेको भएको गठबन्धन भत्किएर निर्वाचनको वेलाको गठबन्धन ब्युँतिन सक्ने एमाले नेता भीम रावलले संकेत गरेका छन्। शुक्रबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै रावलले अहिलेकाे गठबन्धन धेरै नटिक्ने संकेत गरेका हुन्।  

अहिले बनिरहेको गठबन्धन क्षणिक भएको नेता रावलले बताए । ‘अहिलेको गठबन्धन धेरैबेर नटिकेर पुरानै गठबन्धन ब्युँतिनेछ,’ उनले भने, ‘अहिले बनिरहेको गठबन्धन पनि कुनै नीति निर्देशकबाट नभएको हुँदा धेरैबेर नटिक्ने निश्चित भएको छ।’

राष्ट्रपतिको निर्वाचनबारे बोल्दै उनले राष्ट्रपतिको निर्वाचनमा विदेशीको हस्तक्षेप भएको बताए । ‘अहिलेको राजनीति जनता हितकोा लागि नभई पदको स्वार्थका लागि मात्रै केन्द्रित भएको छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेश राजदूतसँग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भीर संकट भएको छ।’

नेकपा एमालेका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीका प्रमुख शत्रु घोषित गरिएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसरी प्रधानमन्त्री भए ? भनेर प्रश्न गरेका छन्। 

विगत नेकपा पार्टी बन्दा के सहमति भएको थियो त्यो कुरा पार्टीमा छलफल नहुँदा विवाद भएको रावलले बताए। ‘विगतमा नेकपा हुँदा अध्यक्षद्वय ओली र प्रचण्डबीच पाँच वर्षको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको रहेछ,’ उनले भने, ‘त्यही विषयमा विवाद हुँदा एमाले र माओवादी पार्टी ब्युँतिए । त्यसवेला अध्यक्ष ओलीका प्रमुख शत्रु माओवादी अध्यक्ष प्रचण्ड नै थिए।’

नेकपा एमाले र माओवादी पार्टी विभाजन भएपछि तत्कालीन अध्यक्ष ओलीका प्रमुख शत्रु तत्कालीन एमालेका नेता हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेको रावलले बताए। 

‘मैले कुरो बुझ्न नै सकेको छैन। अहिले नेपाललाई अध्यक्ष ओलीले के आधारमा राष्ट्रपतिको प्रस्ताव गर्नुभयो । के आधारमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभयो ?’ उनले प्रश्न गरे। रावलले वामपन्थी एकता हुनुपर्ने र एमालेसँग १० भाइले गरेको १० बुँदे पनि कार्यान्वयन हुनुपर्ने बताएका छन्।