
मोक्षदा स्कुल र सैनिक आवासीय माध्यमिक स्कुल ‘ए’ले १४औँ अन्तर स्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको सेमिफाइनलमा डिएभी स्कुललाई ९ विकेटले पराजित गर्दै मोक्षदा उपाधिनजिक पुगेको हो । डिएभी स्कुलले प्रस्तुत गरेको ७३ रनको लक्ष्य मोक्षदाले एक विकेट गुमाएर ९.५ ओभरमा भेट्टायो ।
यसैगरी, अमन राजपुतले २४ रनको योगदान गरेका थिए । पहिलो ब्याटिङ गरेको डिएभीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनायो ।