१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव छ : विनोद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१२:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव हुने बताएका छन् । सोमबार तेस्रो रामपुर महोत्सवको समापन कार्यक्रमका लागि पाल्पा पुगेका चौधरीले राजनीतिबाट मात्रै विकास सम्भव भएको बताए ।

उनले राजनीतिमा दूरदर्शी नेताको खाँचो औँल्याउँदै भने, ‘राजनीति मात्रै एउटा यस्तो नीति हो, जसले समग्र परिवर्तन ल्याउन सक्छ । राजनीति विकासकेन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता हो । दूरगामी सोचलाई कार्यान्वयनमा लैजाने सशक्त टुल भनेकै राजनीति हो । राजनीतिको कुर्सीमा सही व्यक्ति आयो भने एउटा हस्ताक्षरले ५० वटा बुढानीलकण्ठ स्कुल बन्न सक्छन्, ५० वटा उद्योगग्राम बन्न सक्छन् र ५० वटा शाश्वतधाम बन्न सक्छन् ।’

उनले ५० वर्षअघि राजपरिवारका सदस्यको अध्ययनका लागि बुढानीलकण्ठ स्कुल खुले पनि त्यसपछि अर्को बुढानीलकण्ठ स्कुल स्थापना गर्न नसक्नु सरकारको कमजोरी भएको बताए । ‘५० वर्षअघि राजपरिवारका सदस्यलाई पढाउन बुढानीलकण्ठ खोलियो । अरू ५० वर्षमा पनि दोस्रो बुढानीलकण्ठ स्कुल बनाउन सकेनौँ । नेपालीले नै सञ्चालन गरेको यो विद्यालयमा आमनेपालीका छोराछोरी पढिरहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उद्योगीसमेत रहेका कांग्रेस नेता चौधरीले भने, ‘हामीले किन अर्को बुढानीलकण्ठ खोल्न सकेनौँ ? यसमा हाम्रो व्यवस्थापकीय कमजोरी पनि हो ।’

ad
ad