१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
झडपपछि क्याम्पस परिसरमा प्रहरी परिचालन । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५९:oo

काठमाडौंको थापाथली क्याम्पसमा माओवादी केन्द्र र नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनबीच झडप भएको छ । झन्डा राखेको विषयमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादीको अखिल क्रान्तिकारीबीच झडप भएको हो ।

अखिल क्रान्तिकारीले राखेको झन्डा नेविसंघका नेताले हटाएपछि विवाद हुँदा झडपको स्थिति सिर्जना भएको बताइएको छ । अखिल क्रान्तिकारीले झन्डा राख्न नपाइने ठाउँमा राखेको भन्दै नेविसंघले झन्डा हटाएको थियो ।

अहिले क्याम्पसपरिसरमा प्रहरी परिचालन गरिएकाे छ । दुवै संगठनका प्रतिनिधिलाई राखेर प्रहरीले विवाद समाधानको प्रयास गरिरहेको छ ।

ad
ad