१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

११ फागुनदेखि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान खुला

आइएफआर प्रणाली सञ्चालनमा आएपछि पोखरामा पनि रात्रिकालीन उडान हुने

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१९:oo

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा ११ फागुनदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने भएको छ । विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रणाली लागू हुने भएपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुला भएको हो । 
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले भिज्वल फ्लाइट रुल (भिएफआर) उडान गर्न मान्दैनन् ।

आइएफआर प्रणाली सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने उडान ‘भिएफआर’ हो भने आधुनिक प्रविधिको सहायताबाट गरिने उडान ‘आइएफआर’ हो । आइएफआर सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरा उडानका लागि चासो देखाउन थालेको पोखरा विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए । 

भिएफआर फ्लाइटका लागि कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्छ । अब पोखरामा आइएफआर प्रणाली लागू भएपछि ३८ मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिने विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलको पूर्वतर्फको ‘रनवे ३०’ बाट आइएफआर उडान–अवतरण गर्न सकिने । पश्चिमतर्फको ‘रनवे १२’बाट भने भिएफआर उडान मात्र हुनेछ । यती एयरलाइन्सको एटिआर–७२ जहाज अवतरणका क्रममा १ माघमा दुर्घटनामा परेपछि दुर्घटना जाँच आयोगले ‘रनवे १२’को विस्तृत अध्ययन गरेर मात्र अवतरणको अनुमति दिन सिफारिस गरेको छ । क्यानले दुर्घटनालगत्तै ‘रनवे १२’बाट तत्कालका लागि जहाज अवतरणमा रोक लगाएको छ । 

विमानस्थल चौबिसै घन्टा खुल्ने
आइएफआर प्रणाली लागू भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेवाका लागि चौबिसै घन्टा खुला हुनेछ । अब पोखरामा रात्रिकालीन आन्तरिक उडान–अवतरण गर्न मिल्ने विमानस्थल प्रमुख गौतमको भनाइ छ । अहिले भिएफआर प्रणालीमा चार बजेपछि पोखराको उडान ठप्प हुन्छ । आइएफआर प्रणाली लागू भएपछि साँझमा पनि पोखरा उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीको तयारी छ । बुद्ध एयरले आइएफआर लागू भएपछि पोखरामा साँझ आठ बजेसम्म उडान गर्ने योजना बनाएको छ । 

१ मार्चदेखि पोखरा विमानस्थलमा आफ्ना चारवटा जहाजलाई रात्रि बिसान गर्न लैजाने बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले बताए । आइएलएस प्रणाली सञ्चालनमा आएपछि प्राविधिक र व्यावसायिक पाटो हेरेर पोखरामा रात्रिकालीन उडान गर्न यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनी तयार छन् । रात्रिकालीन उडान सुरु भएमा पर्यटन प्रवद्र्धन मात्र होइन, काम विशेषले ओहोरदोहोर गर्ने यात्रुहरूलाई पनि ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कम्तीमा ३८ सय मिटरसम्म भिजिबिलिटीमा उडान–अवतरण गर्न सकिने हुँदा सामान्य मौसम बिग्रिँदा उठान रद्द हुनेछैन । यस्तै, रातिमा पनि उडान गर्न सकिने हुँदा बिहान र दिउँसो मौसम बिग्रिएकै कारण उडान नै रद्द गर्नुपर्ने अवस्था आउनेछैन । सामान्यतयाः आइएफआर प्रणालीमा तराई बेल्टका विमानस्थलमा २२ सय, १८ सय, १६ सय मिटर भिजिबिलिटिसम्म पनि जहाज उडान–अवतरण गर्न सकिन्छ । तर, पहाडै–पहाडको बीचमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टेरेन’ले गर्दा ३८ सय मिटर भिजिबिलिटी चाहिने भएको क्यानका सूचना अधिकारी भुलले बताए । 

केही अन्तर्राष्ट्रिय वायुसेवाको चासो
१७ पुसदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर धेरै टीकाटिप्पणी भइरहेको छ । चिनियाँ एक्सपोर्ट–इम्पोर्ट बैंकबाट करिब २८ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको विमानस्थलमा अहिले आन्तरिक उडान मात्र भइरहेको छ । गत हप्ता पोखरा पुगेका पर्यटनमन्त्री सुदन किराँतीलाई पोखरेली व्यवसायीले ‘विमानस्थलमा कहिलेदेखि अन्तर्राष्ट्रिय उडान हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि केही वायुसेवा कम्पनीले चासो देखाएको परियोजना प्रमुख मुनकर्मीले बताए । पोखराबाट भारतको बनारसमा उद्घाटनकै दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको तयारी थियो । तर, भारतको उड्डयन क्षेत्रको नियामकले अनुमति नदिँदा बुद्धको पोखरा–बनारस–पोखरा उडान रोकियो । बुद्धले दिल्ली र देहरादुन पनि उडान गर्ने तयारी गरेको थियो ।

पछिल्लो समय हंगेरीको विज एयर, थाइल्यान्डको थाई स्माइल, कुवेतको जजिरा, फ्लाई दुबईलगायतले पोखरा उडानमा चासो देखाएको बताइएको छ । तर, पोखरामा न्यारोबडी जहाज मात्र उडान–अवतरण गर्न सक्ने हुँदा वाइडबडी जहाज मात्र हुनेले पोखरा उडान गर्न सक्दैनन् ।

२५ फागुनदेखि जजिराको भैरहवामा पुनः उडान
बाक्लो हुस्सुका कारण उडान–अवतरणमै समस्या आएपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि पुनः नियमित उडान गर्ने भएको छ । २ जेठमा विमानस्थल सञ्चालनमा आएदेखि नै जजिराले मात्र नियमित उडान गर्दै आइरहेको छ । खराब मौसमका कारण ६ पुसदेखि रोकिएको जजिराको भैरहवा उडान २५ फागुनदेखि पुनः सुरु हुन लागेको विमानस्थल कार्यालयले जनाएको छ ।

मंगलबार, बिहीबार र शनिबार सातामा तीन दिन बिहान आठ बजे उड्ने गरी वायुसेवा कम्पनीले टिकटसमेत काटिसकेको छ । जजिराको जहाज बिहान ७ः४५ बजे भैरहवा अवतरण गर्नेछ भने ८:०८ मा भैरहवाबाट कुवेततर्फ उडान गर्नेछ । क्रमशः मौसममा सुधार आउन थालेपछि जजिराले भैरहवा उडान राखेको हो । भैरहवामा नियमित उडान सुचारु गर्नका लागि सफा मौसम कुरेर बसिरहेको जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलका प्रतिनिधिले बताए । भैरहवामा आइएलएस उपकरण सञ्चालनमा भारतीय असहयोगका कारण खराब मौसममा उडान नै रद्द गर्नुपर्ने अवस्था छ ।

ad
ad