
सशस्त्र प्रहरीले कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट लाखौँ भारु रुपैयाँ र सुनचाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार राती पुनर्वास नगरपालिका ४ सीमा क्षेत्र कारगिलडाँडाबाट लाखौँ भारु रकमसहित तीन जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ हेक्वाटर शैलेश्वरी गणले अवैध नगद रुपैया, सुनचाँदनी सहित तीन जना नेपाली युवालाई पक्राउ गरेको जनाएको छ ।
शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले स्रोत नखुलेको भारु रुपैयाँसहित विभिन्न प्रकृतिको गरगहना बरामद गरिएको बताए । पक्राउ पर्नेमा गोदाबरी नगरपालिका ८ कैलालीका अमर भुल, खडक सिह भुल र आलिताल गाँउपालिका ४ डडेल्धुराका बिरेन्द्र सार्की रहेका छन् ।
उनीहरुको साथबाट १५ लाख, २८ हजार, पाँच सय ८८रुपैया भारु, ६सय ५५ नेपाली रुपैयाँसहित सुनचाँदनीका दर्जनौँ गरगहना समेत बरामद गरेका हुन् । पक्राउ परेका तीनै जनालाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ ।