Skip This
हुन्डाईको विद्युतीय गाडीमा अफर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको विद्युतीय गाडीमा अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार ११:३३:oo

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडी कोना तथा आयोनिक–५ को खरिदमा नयाँ अफर ल्याएको छ ।कम्पनीले ‘वान मोर रिजन टू गो इलेक्ट्रिक’ भन्ने नारासहित खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक–५ को खरिदमा जर्मन ब्रान्ड बोसको वासिङ मेसिन उपहारस्वरूप प्राप्त गर्न सक्ने योजना ल्याएको हो । 

समयसापेक्ष योजनाहरूमार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकन्टिनेन्टलले सधैँ आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको जनाइएको छ्र । अहिलेको आवश्यकताअनुरूप विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्ना उत्कृष्ट उत्पादनको प्रवद्र्धन गर्न योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न कम्पनीले आक्रामक रूपमा चार्जिङ स्टेसनहरूको निर्माण गरिरहेको दाबी गरेको छ । विद्युतीय गाडीको बिक्री–वितरणमा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीमा रहेको विद्युतीय गाडीको एक्सक्लुसिभ सोरुम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको कम्पनीको जिकिर छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेसनमार्फत हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जनाएको छ ।