
नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार शिष्टाचार भेट गरेका छन् । क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएकाे भारतीय दूतावासले जनाएको छ ।
यसअघि उनले आजै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरे। नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठकपछि क्वात्राले परराष्ट्र मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् ।
यसअघि सोमबार नै होटेल याक एन्ड यतीमा भएको परराष्ट्रसचिवस्तरीय बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको थियो । दुईदिने औपचारिक भ्रमणका क्रममा क्वात्रा सोमबार बिहान काठमाडौं आएका हुन् ।