मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २९ आइतबार १०:०२:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिल्पिनरी स्टडीका निर्देशक उत्तमबाबु श्रेष्ठलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २९ आइतबार १०:०२:००

नेपालमा नास्टको स्थापना जुन उद्देश्यले भएको थियो, त्यसमा ऊ कति सफल देखिन्छ ?
देशमा विज्ञान र प्रविधिको विकास गर्ने र प्रविधिको उपयोग बढाउने उद्देश्यले नेपाल सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को स्थापना गरेको हो । तर, बदलिँदो परिस्थितिअनुसार नास्टको भूमिकामा प्रश्न उठ्दै आएको छ । यसले उद्देश्यअनुरूप काम गर्न सकेको छैन । र, राज्यले पनि यसलाई खासै महत्वदिएको देखिन्न ।

विज्ञान र प्रविधिको आजको युगमा पनि नास्टजस्तो संस्थाले किन उद्देश्यअनुरूप काम गर्न नसकेको होला ? 
नास्ट नामले एकेडेमी हो । विदेशतिर हेर्दा सम्बन्धित क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेपछि मात्र एकेडेमीमा पुग्न सकिन्छ । जस्तो, हलिउडको उत्कृष्ट कलाकार मात्र त्यहाँको एकेडेमीमा पुग्छ । तर, यहाँको नास्टमा प्राज्ञ नियुक्त गर्दा परफर्मेन्सलाई भन्दा पनि भागबन्डाको आधारलाई हेरिन्छ । त्यसरी त्यहाँ पुग्ने पनि आजीवन सदस्यजस्तै देखिन्छन् । अनि, कसरी गर्छ यस्तो संस्थाले उद्देश्यअनुरूप काम ?

के गर्‍यो भने नास्टले उद्देश्यअनुरूप काम गर्न सक्ला त ?
हाम्रो नास्टले सबै किसिमका अनुसन्धान गर्छ, जता पनि हात हाल्छ । नास्टको प्राथमिकता नै तय हुन सकेको छैन । यसले अध्ययन अनुसन्धानका लागि रकम बाँड्छ, आफैँ पनि अनुसन्धान गर्छ । तर, यी कुनै पनि काम विधिसम्मत छैनन् । जता हेर्‍यो, त्यतै भद्रगोलको अवस्था छ । यसर्थ, नास्टको विकासका लागि यसको पुनर्संरचना अत्यन्त जरुरी छ । बदलिँदो परिस्थितिमा यसको स्पष्ट पहिचान आवश्यक छ ।