१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली–कञ्चनपुरका बंगुरमा अफ्रिकन स्वाइन फिभरकाे संक्रमण

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

कैलाली कञ्चनपुरका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग देखिन थालेको छ । महामारीकै रुपमा रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।

कैलालीको भजनी नगरपालिकामा केही महिनाअघि बंगुरमा स्वाइन फिभर रोग देखिएको थियो । अहिले कैलालीका अधिकांश पालिकासहित कञ्चनपुरमा समेत यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिंह ठगुन्नाले शुरुवाती दिनहरुमा कैलालीमा देखिएको अफ्रिकन स्वाइन फिभर कञ्चनपुरमा समेत देखिएको बताए । ‘हाम्रो यहाँ अहिले दुई पालिकामा देखिएको छ,’ उनले भने, ‘बेदकोट र शुक्लाफाँटाका बंगुरमा देखिएको यो रोग विस्तारै अन्य पालिकामा समेत फैलिने सम्भावना छ ।’ 

कार्यालयले नमुना संकलन गरेर केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाएसंगै अफ्रिकन स्वाइन फिभर पुष्टी भएको हो । ‘शुरुवाती चरणमा किसानले बंगुर बिरामी हुँदा काटेर खानेदेखि बेच्नेसम्म गरेका रहेछन्’ उनले भने, ‘केही किसान हाम्रो सम्र्पकमा आएपछि मृत बंगुरको नमुना संकलन गरेर पठाएका थियौँ ।’ कञ्चनपुरमा मात्र हालसम्म करिब ४० ओटा बंगुर यो रोगबाट मरेका बताइएको छ ।

रोग लागेपछि एकै ठाँउमा थुप्रिएर बस्ने, निलडाम देखिने, कानको टुप्पोमा रगत जमेको धब्बाहरु देखिने, नाकबाट फिँज निकाल्ने, १०४ डिग्री भन्दा बढि ज्वरो आउने, दानापानी नखाने जस्ता लक्षण देखिने गरेको डा. डा ठगुन्नाले बताए । संक्रमित बंगुर, सुँगुर र बँदेलविच प्रत्यक्ष सम्पर्क हुँदा, खानपान, हावापानीबाट यो रोग सर्दछ । रोग लागेपछि पशु मर्नुको विकल्प नभएको ठगुन्नाले बताए । ‘यो रोगको न भ्वाक्सिन बनेको छ, न त औषधी नै,’ उनले भने, ‘रोग लागेपछि बाँच्ने चान्स एकदमै कम हुन्छ, त्यसैले समयमै सचेत हुनुपर्छ ।’ जैविक सुरक्षाका लागि विधी अपनाएर रोग लाग्नु भन्दा पहिले नै सर्तकता अपनाउनुपर्ने उनको सुझाव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले रोगबाट बाँच्नका लागि ९ वटै पालिका पशु सेवा शाखाका प्रमुखसंग समन्वय बैठक गरेर आ–आफ्नो पालिकामा सचेतना कार्यक्रम संचालनमा जोड दिएको छ । कार्यालयबाट समेत किसानका लागि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको उनले बताए । बंगुरमा अफ्रिकन स्वाइन फिभर रोगका कारण कैलाली–कञ्चनपुरका बंगुरपालक किसान मारमा पर्दै आएका छन् ।