Skip This
‘संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार ११:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार ११:३८:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गभर्नर हिमालयशमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। 

राणानिवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए। उनले भने, ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ।’

केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्र संघमा काम गरेको स्मरण गरे।  

देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्दा सम्बाेधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकै रूपमा संस्थापक राणाले ठूलो योगदान गरे। 

भारतीय मुद्रासँग नेपाली मुद्राको उहाँको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ।

गभर्नर अधिकारीले भने, ‘त्यस वेला नेपालमा भारतीय मुद्राको व्यापक रूपमा चलनचल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चुनौती थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ।’

राष्ट्र बैंकका संस्थापक राणाको आज बिहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनलाई निमोनिया संक्रमण भएको थियो।