मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २१ शनिबार १७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल भन्छन्– नागरिकता स्वच्छ बनाउन गृह दिलाउने महाअभियान चलाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २१ शनिबार १७:५०:००

सत्तारुढ नेकपा (एमाले)का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएको भन्दै आपत्ति जनाए । वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री र निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगनाहरूको योगदानको अवमूल्यन गरेको रावलको ठहर छ ।

‘आज मन्त्रीहरू हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको एकदम महँगो निजी स्कुल छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’ उनले प्रश्न गरे ।

नेता रावलले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे ।