
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको छ। स्कुटरमा आमा–छोरा सवार थिए।
मृत्यु हुनेमा तानसेन नगरपालिका– १३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीया मिना थापा मिधुन रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए।
तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो।
तानसेन–दर्लमडाँडाअन्तर्गतभित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङनजिकै ठकुरी बारीमा आज बिहान दुर्घटना भएको थियाे। गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ। ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।