मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ माघ २१ शनिबार ०७:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रम सम्झौता समयानुकूल नवीकरण गर्न नेपाल र मलेसिया सहमत

Read Time : < 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ माघ २१ शनिबार ०७:५३:००

प्रधानमन्त्री पुष्पकमल दाहाल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच दुवै देशबीच भएको श्रम सम्झौताको नवीकरण, श्रम कूटनीतिक, कामदार भर्ना प्रक्रियालगायतका प्रक्रियालाई समयानुकूल परिमार्जन गर्ने विषयमा छलफल भएको छ । बिहीबार नेपाल आइपुगेका मलेसियाका गृहमन्त्री इजमाइल नेतृत्वको टोलीले सिंहदरबारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको हो । 

भेटमा मलेसियाका गृहमन्त्री इजमाइलले मलेसिया सरकारले हालै सञ्चालन गरेको आप्रवासी कामदार सहज भर्ना प्रक्रिया र अवैधानिक रूपमा रहेका कामदारलाई वैधानिक बनाउने नीतिबारे जानकारी गराएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए । मलेसियाको सरकारले सुरु गरेको उक्त नीतिलाई प्रधानमन्त्री दाहालले स्वागत गर्दै अवलम्बन गर्नमा नेपालको तर्फबाट सहयोग रहनेसमेत बताएको राजदूत पौडेलको भनाइ छ । 

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसिया सरकारका गृहमन्त्री इजमाइलबीच पनि शुक्रबार नै औपचारिक भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सेवा सर्त, स्वास्थ्य सुविधा तथा कार्य–वातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारबीच समान व्यवहार गर्न अनुरोध गरे । उनले नेपाल सरकार र मलेसिया सरकारबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालहरूको द्विपक्षीय निराकरणका लागि आग्रह गरेका थिए । 

गृहमन्त्री इजमाइलले मलेसिया सरकारका तर्फबाट दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नेपालको प्रस्ताव स्विकार्दै नेपाली श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका अन्य सेवा–सर्त प्रवद्र्धनका लागि मलेसिया सरकार प्रतिबद्ध भएको र द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउने बताए ।