Skip This
नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध कुनै मुलुकमा छैन : राजदूत श्रीवास्तव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ २० शुक्रबार २o:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध कुनै मुलुकमा छैन : राजदूत श्रीवास्तव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार २o:५३:oo

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएका योजनाहरूको राजविराजमा उद्घाटन गर्दै यस्तो बताएका हुन्।

‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदै छ। त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ। भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो। मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ। किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो। यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो।’

उनले थपे, 'रपाल र भारतबीचको जस्तो मैत्री सम्बन्ध संसारको अरु कुनै दुई देशमा छैन नेपालको विकास र यहाँका जनताको खुसी हाम्रो चाहना हो।'

राजदूत श्रीवास्तवले दूतावासको सहयोगमा निर्मित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष तथा प्रसूति भवन, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको भवन तथा जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरको भवन उद्घाटन गरे।

बाँकी रहेको कन्या छात्रावास र कुनौली फत्तेपुर सडकको निर्माण काम अझ अधुरो रहेकाले कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा दुईतर्फी छलफल गरेर अघि बढ्ने उनले  प्रतिबद्धता जनाए।