
वार्म लाइट जडान गर्ने : जाडोमा घरलाई न्यानो राख्नका लागि बत्तीको महत्वपूर्ण भूमिका हुन्छ । तपाईंले जाडो मौसममा एलइडी र सिएफएलको साटो घरमा वार्म लाइट प्रयोग गर्न सक्नुहुन्छ । यसले धेरै मात्रामा तातो ऊर्जा जारी गर्छ र कोठालाई न्यानो बनाउन सहयोग गर्छ ।
बाक्लो पर्दा र कार्पेट : खासगरी घरमा चिसो पस्ने झ्यालबाट नै हो । आजभोलि अधिकांश घरका झ्यालका खापा सिसाका हुन्छन् । जसले घरभित्रको तापक्रम जोगाउन सक्दैन । जाडोमा झ्यालमा मोटो र गाढा रङको पर्दा राख्नु राम्रो हुन्छ । त्यस्तै, तपाईंले भुइँमा रंगीन तथा बाक्लो कार्पेट ओछ्याउन सक्नुहुन्छ । जसले तपाईंको घरको सौन्दर्य मात्रै बढाउँदैन, न्यानो बनाउन पनि सहयोग गर्छ । यदि तपाईंको कोठामा पार्केटिङ छ भने तुलनात्मक रूपमा कोठा तातो हुन्छ । तर, सिमेन्टको भुइँ छ भने तपाईंले घरमा बस्दा पनि न्यानो हुने चप्पल वा जुत्ता लगाउनु राम्रो हुन्छ ।
झ्यालमा बबल र्याप राख्ने : झ्यालबाट चिसो हावा छिर्यो भने कोठा सधैँ चिसो हुन्छ । यसबाट बच्न घरको झ्याल आवश्यक पर्दा मात्रै खोल्नुपर्छ । जाडोमा प्रायः ढोका पनि बन्द राख्नुपर्छ । झ्यालमा बबल र्यापको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा घामको प्रकाश छिर्छ, तर चिसो हावा छिर्न पाउँदैन । त्यसैले कोठा उज्यालो देखिन्छ र न्यानो पनि रहन्छ ।