मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १६ सोमबार ११:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँ  : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १६ सोमबार ११:१६:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभई देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

उनले  अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको बताए ।

उनले सहिदहरूले आफ्ना सन्ततीहरूको उज्ज्वल भविष्यका लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए ।

उनले सहिदहरूले भावी सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले सहिदहरूको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सके मात्रै अमर सहिदहरूको आत्माले शान्ति पाउने बताए । 

मेयर साहले अमर सहिदहरूको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताए ।