
नेपालको अर्थतन्त्रमा सुधार हुन थालेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र सुधार आएको बताएका हुन्।
गर्भनर अधिकारीले राष्ट्र बैंकले अहिले साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीतिहरू बनाएकाले बताउँदै विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याए पनि पछिल्लो चार महिनायता सुधार हुँदै गएको बताएका थिए।
उनले भने, ‘बाह्य देशको कारण नेपालको अर्थतन्त्रमा समस्या देखिएकोले थियो। पछिल्लो समय वित्तीय समावेशीकरणको नीति अवलम्बन गरेपछि सुधार हुँदै आएको छ।’
१५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं- ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका थिए। स्वर्गीय भतिज र भतिजीको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याए पनि पछिल्लो चार महिनायता सुधार हुँदै गएको दाबी गरेका थिए।
उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो। ‘नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य समस्या नै हो, अधिकारीले भने, ‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यासहरू भइरहेका छन्।’