१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चाबाट टाढै राख्नुस् यस्ता सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o६:oo

अभिभावकहरू आफ्नो कोठामा बच्चालाई मन पर्ने सामग्रीहरू राखिदिन चाहन्छन् । तर, कस्ता सामान राख्ने ? यस विषयमा सजग हुन जरुरी छ । कतिपय अवस्थामा कोठामा राखिएका सामग्री बच्चाका लागि खतरनाक साबित पनि हुन सक्छन् ।

धारिला सामग्री :  कैँची, चक्कुलगायत धारिला सामग्रीलाई बच्चाबाट टाढै राख्नुस् । यसले बच्चालाई नै नोक्सानी पुर्‍याउन सक्छ । 

औषधि :  अभिभावकले बच्चानजिक कुनै पनि औषधि राख्नुहुँदैन । बच्चाले खेल्दै गर्दा आफ्नो मुखमा औषधि हाल्न सक्छ, जसले उनीहरूको स्वास्थ्यमा गलत असर पर्छ ।

ह्यांगिङ डेकोरेसन आइटमः लालटिनजस्ता वस्तु कोठामा झुन्ड्याउनु हुँदैन । किनकि, यस्ता वस्तु बच्चामाथि खस्न सक्ने र उनीहरूलाई चोट लाग्ने खतरा हुन्छ । त्यसैले यस्ता वस्तुलाई टाढै राख्नुस् । 

विद्युतीय सामग्री :  साना बच्चाहरू चकचके हुन्छन् । त्यसैले विद्युतीय तार, फोन, स्विच बोर्डलगायतलाई उनीहरूनजिक राख्नुहुँदैन । तपाईंको कोठाको बत्तीको स्विचबाट पनि बच्चालाई टाढै राख्नुपर्छ । 

काँचको सामान :  काँचको सामानलाई बच्चाबाट टाढै राख्नुपर्छ । टेबल फोटोफ्रेमलगायत सामग्री पनि उनीहरूबाट टाढै राख्नुपर्छ । बच्चाले खेल्दाखेल्दै यी कुराहरू फुटाउन सक्छन् र चोट लाग्न सक्छ । 

ad
ad