१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
हिउँले छोपिनुपर्ने डाँडाकाँडा र बाटाहरु कालापत्थर
कमल खत्री म्याग्दी
२o८१ बैशाख २५ मंगलबार o७:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिमपात नहुँदा नांगिए हिमाल,सुनसान बने पर्यटकीय गन्तव्य

Read Time : > 2 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५९:oo

मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङका बसन्त शेरचन हिमाल कालापत्थर बन्न थालेकोमा चिन्तित छन् ।  उमेरले ८० पार गरेका शेरचनले हिमालमा हिउँको मात्रा घट्दै जाने र हिमशृङ्खला विस्तारै काला डाँडाको रुपमा देखिने अवस्थामा पुग्न थालेको बताए । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालहरुमा यस  वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रुपमा पारेको शेरचनको भनाइ छ । 

‘यतिबेला सिंगो मुस्ताङ हिमालले धपक्क ढाकिनुपर्ने हो,तर अवस्था त्यस्तो छैन, हिउँ पर्ने छाँटकाँट  छैन, हिमालका डाँडाहरु उजाड र फुस्रा देखिन थालेका छन्,’ शेरचनले भने । हिमपात नभएपछि हिमालको हिउँ पग्लीएको छ । हिउँ पग्लिएपछि हिमालहरु नाङ्गिँदै गएका छन् । हिमालमा हिउँको मात्रा बढाउन मात्रै नभएर खेती किसानीको लागि पनि यो समयमा हिमपातको जरुरत पर्ने स्याउ खेती समेत गर्दै आएका शेरचन बताउँछन् ।  

अघिल्लो वर्ष यस्तो थियो मुस्ताङका डाँडाकाँडा 

‘यतिबेला यहाँका बारीमा जौ, गहृँ खेती गरिएको छ, स्याउका बगान पात झरेर नाङ्गा बनेका छन्, यतिबेला हिमपात भए त्यसले सिचाईको काम गर्ने थियो, स्याउ र खेतीबालीमा फुलखेलेपछि हिउँ परे त्यसले राहतको ठाउँमा नोक्सानी दिन्छ’’–उनले थपे । पछिल्लो वर्षहरुमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आउनुले जलवायू परिवर्तनको प्रत्येक्ष प्रभाब र असर देखिएको हुनसक्ने मुस्ताङका स्थानीयबासी बताउँछन् । 

अघिल्लो वर्ष हिउँमा रमाइरहेका आन्तरिक पर्यटक 

गत वर्ष यतिबेला मुस्ताङमा हिउँ खेल्ने सिजन सुरु भएको थियो । पुस पहिलो साता नै हिमपातले मुस्ताङमा हिउँ खेल्न जानेहरुको भीड लागेको थियो । गत वर्ष ३ देखि चार फिटसम्म हिउँ परेको मुस्ताङमा यतिबेला हिउँ परेको छैन् । यतिबेला मुस्ताङ सुनसान छ । तल्लो मुस्ताङदेखि माथिल्लो मुस्ताङ सम्मनै हिमपात भएको छैन, तर चिसो अत्याधिक बढको छ ।  पानी जमेर बरफ बनेका छन् । खोलाहरु जम्म थालिसकेका छन् । जाडो छल्न उपल्लो मुस्ताङीहरु घुम्ती व्यापारको लागी देशका विभिन्न शहरमा पुगिसका छन् । तल्लो मुस्ताङका स्थानीय समेत पर्यटकहरुको आगमन नभएपछि घुमफिर र जाडोको समय विताउनका लागि मुस्ताङबाट बाहिरिएका छन् । 

हिमपात नभएको र चिसो बढेको कारण मुस्ताङमा पर्यटकहरुको आगमन घटेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् । ‘चिसो बढेको छ, हिउँ परेको छैन, स्थानीयबासी पनि धेरै तलतिरै झरेका छन, पर्यटकहरु पनि भित्रिन छाडेका छन्, हिमपात भए हिउँमा रमाउन पर्यटकहरु आउने थिए’ उनले भने । करिब १० वर्षअघि मंसिर ३ गते नै हिमपात भएको स्मरण गर्दै उनले अहिले हिमपात बेसिजनमा हुन थालेको र त्यसले जनजीवन र यस क्षेत्रको कृषिमा नकारात्मक प्रभाव पारेको बताउँछन् । 

‘हिमालको हिउँमो मात्रा घट्दो छ, हिउँदमा हिमपात हुन छाड्यो, बर्खामा अत्याधिक वर्षा हुन थाल्यो, खासमा जोमसोममा भारी वर्षानै हुने थिएन, अहिले त बाढी नै आउँछ, खोला नाला नै उर्लिने गरि भारी वर्षा हुन्छ’, जोमसोमका स्थानीयबासीसमेत रहेका संघका अध्यक्ष तुलाचनले भने । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगीरि, अन्नपूर्ण लगायतका हिमालहरु रंग उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयबासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको महसुस गर्न थालेका हुन् ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल पहाडजस्ता देखिन थालेको र जंगली फुलहरुमा समेत त्यसको प्रभाब देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायि क्याप्टन डमबहादुर पुन बताउँछन् । ‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहिन देखिन थालेका छन, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ’–अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका पुनले भने । 

गत वर्ष घोरेपानीमा हिउँ खेल्न पुगेका पर्यटक । तर, यो वर्ष हिउँ नपरेपछि सुनसान छ 

गत वर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकहरुको चहलपहल भएको स्मरण गर्दै पुनले यस वर्ष हिउँ नपरेपछि पर्यटन समेत प्रभावित बनेको सुनाए । ‘हिउँ खेल्न पर्यटकहरु खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटा सहित सबै होटलहरु सुनसान छन्, सुख्खा जाडोको कारण नेपाली पर्यटकहरु पनि घुम्न आउने घटेका छन्’, पुनले भने । हिउँ नपरेपनि चिसो भने अत्यधिक बढेपछि जनजिवन प्रभावित बनेको छ । म्याग्दीमा हिमपात भएपछि पर्यटकीय स्थल पुनहिल संगै टोड्के, रुइसे, झाँक्रेपानी, मालिका धुरी, दुरलेक लगायतका स्थानमा पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ । 

ad
ad