
सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्यहरू उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७, विपक्षमा १०० मत, मत दिन्नँमा एक मत खसेको छ।
प्रस्तावक सुवासचन्द्र नेम्वाङ रहेका घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन्।