
राप्रपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेपछि उनीहरू मन्दिर दर्शन गर्न गएका हुन् ।
उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, कानुनमन्त्री ध्रुवबहादुर प्रधान, सहरी विकासमन्त्री विक्रम पाण्डे र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरू सबैले ईश्वरको नाममा शपथ लिएका थिए ।