
कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ चौहर्वामा हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ।
मृत्यु हुनेमा वाणगंगा– ८ सिसेनीका अन्दाजी ६५ वर्षीय नासिद अहमद पाखिया छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सँगै रहेका नासिदका बुवा र छोरा घाइते भएका छन्।
वाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा घटना भएको हो। बेलुनमा भर्ने हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किएर विस्फोट हुँदा घटना भएको प्रहरीले जनाएको छ।