१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ पौष २९ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १५:२४:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २१, माओवादीका आठ र राप्रपाका दुई गरी ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिए । 

ज्येष्ठ सदस्यका रूपमा प्रदेश सभाको अध्यक्षता गरेका एमाले सांसद मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् ।

कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने स्वतन्त्र रूपमा निर्वाचित भई एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित रहे । 

अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा समर्थन जनाएका गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत सरकारसँग सहज बहुमत रहेकाले मत दिइरहन आवश्यक नरहेको बताएका थिए । 

केन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अधिकारी पाँच वर्षसम्म प्रदेशको मुख्यमन्त्री रहनेछन् ।