मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री श्रेष्ठले गरे उपत्यकामा निर्माणाधीन सडकको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार १०:४६:००

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका अस्तव्यस्त मुख्य सडकको अनुगमन गरेका छन् । 

भौतिक  मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची आयोजना निर्देशक राजेन्द्र सापकोटा र केयुकेएलका  प्रबन्ध–निर्देशक  र प्राविधिक टोलीसहित मन्त्री श्रेष्ठले सडक अनुगमन गरेका हुन् । अनुगमनमा क्रममा मन्त्रीसहितको टोली लाजिम्पाट, साेह्रखुट्टे, भैँसेपाटी र जावलाखेल पुगेको छ ।

यसैगरी मन्त्री श्रेष्ठले सडक पूर्वाधार अलपत्र पार्ने ठेकेदारलाई समयमै सडक पूर्वाधार सक्न निर्देशन दिएका छन् । बिहीबार भौतिक मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा भएको बैठकमा उनले निर्माण व्यवसायीलाई समयमै काम सक्न समयसीमासमेत दिएका थिए ।

बैठकमा सहभागी निर्माण व्यवसायीले तोकेको समयकै काम सक्ने लिखित सहमति गरेका छन् । उनीहरूले आयोजनाका सहजता र जटिलताबारे मौखिक रूपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणलाई महत्व दिएर उद्योगका रूपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए ।