मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २७ बुधबार १०:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘शिवमसँग उपहार टन्न’ योजनामा ७० जना छानिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २७ बुधबार १०:१५:००

शिवम् सिमेन्टले सञ्चालन गरेको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको ३० जना उपभोक्ता र ४० जना विक्रेताको नाम लक्की ड्रमार्फत छानिएको छ । कम्पनीले नेपालकै सर्वाधिक धनराशिको उपहार योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्रदान गर्दै विभिन्न उपहारको योजना सञ्चालनमा ल्याएको हो । 

योजनाअनुसार प्रत्येक कुपनमा दुई सयदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का अथवा २.५० ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको जनाएको छ । मंगलबार भएको लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ बागमती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यकाबाहिरबाट फेवा कन्स्ट्रक्सनका दुई भाग्यशाली जोडीले प्रथम पुरस्कारस्वरूप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै, दोस्रो पुरस्कारअन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानान्तर निर्माण सेवाका चार जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेको कम्पनीले जनाएको छ । तेस्रो पुरस्कारअन्तर्गत ६ जना बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेसना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेको उल्लेख छ । त्यस्तै, चौथो पुरस्कार आठजनालाई हिराको औँठी तथा अन्य पुरस्कारअन्तर्गत १० जोडीले माउन्टेन फ्लाइट उपहारस्वरूप जितेको जनाइएको छ । 

यसका साथै योजनाअन्तर्गत स्योर सट पुरस्कारमा करोडौँको नगद उपहार, सयौँ केजी चाँदी तथा सयौँ तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्रमार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ । योजना मंसिर १८ गतेदेखि नेपालभरि लागू रहेको जनाइएको छ । 

ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको कम्पनीले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन गरिएको उच्च कोटीको चुनढुंगाबाट गुणस्तरीय ओपिसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको जनाएको छ । कम्पनी नेपाली सिमेन्ट जगत्मै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड, २०१९ प्रथमबाट पुरस्कृत भएको तथा हालै बिज न्युजद्वारा द बेस्ट म्यानेज्ड कम्पनी अफ दी इयर–२०२२ द्वारा सम्मानित भएको जनाइएको छ ।  

उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।