मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २४ आइतबार १०:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डले २१ दिनभित्र ब्रोकर शाखा विस्तारको अनुमति दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २४ आइतबार १०:२७:००

नेपाल धितोपत्र बोर्डले योग्य ब्रोकर कम्पनीले शाखा विस्तार गर्न चाहेको खण्डमा २१ दिनभित्र अनुमति दिन तयार रहेको बताएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले ब्रोकर शाखा विस्तार गर्नका लागि आगामी दिनमा २१ दिनभन्दा बढी नलाग्ने बताएका हुन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष हमालले भने, ‘हाम्रा हरेक कुरा सिस्टममा लैजानुपर्ने वेला आएको छ, म अध्यक्ष भएर बोर्डमा आएदेखि नै मेरो प्लानिङमा यही कुरा थियो । अब बिस्तारै सिस्टममा लैजाँदै छौँ ।’

पछिल्लो समय धितोपत्र बोर्डले करिब दुई वर्षसम्म शाखा विस्तारका लागि अनुमति दिएको थिएन । तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर शाखा विस्तारका लागि अनुमति नदिँदा लामो समय शाखा विस्तारको काम रोकिएको थियो ।

अध्यक्षमा हमाल नियुक्त भएसँगै गत भदौमा थप ३३ वटा स्थानमा ब्रोकर शाखा विस्तारका लागि अनुमति दिने पक्रिया अघि बढाएका थिए । बोर्डले पर्याप्त कर्मचारी नहुँदा वेलैमा शाखाको निरीक्षण गर्न नसकेको बताउँदै आएको छ । यो व्यवस्था लागू भए शाखा बिस्तारकै लागि भनेर महिनौँ बोर्डमा धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।