Skip This
प्रतिनिधिसभाको पहिलो बैठककाे एजेन्डा तय गर्न सर्वदलीय बैठक जारी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २२ शुक्रबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको पहिलो बैठककाे एजेन्डा तय गर्न सर्वदलीय बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १४:४१:oo

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नका लागि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले यो बैठक बोलाएका हुन्। 

प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ। बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा पनि छलफल हुँदै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ। बैठकबाट बाहिरिँदै महन्थ ठाकुरले विश्वासको मतबारे प्रधानमन्त्री र प्रतिपक्षीसहित कुनै पनि पक्षबाट लोसपासँग संवाद नभएको र पार्टीमा पनि छलफल नभएको प्रतिक्रिया दिए।