Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष २२ शुक्रबार ०६:४२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस प्रतिवेदन भन्छ–समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति

Read Time : > 1 मिनेट
२०७९ पौष २२ शुक्रबार ०६:४२:००

‘सहरमा स्वतन्त्र र नयाँ पार्टीले मत पाए, गाउँघरमा कम्युनिस्टले भोट काटे’ 

कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले समानुपातिक मतमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदन तयार गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत उपसमितिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीले मत पाएको र गाउँघरमा वाम पार्टीले मत पाउँदा कांग्रेसको मत घटेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनबारे जानकारी दिँदै उपसमितिका संयोजक आनन्द ढुंगानाले कांग्रेसले ०७४ को तुलनामा सिट संख्या बढाए पनि समानुपातिक मतमा अपेक्षित मत पाउन नसकेको बताए । उपसमिति सहसंयोजक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रतिवेदनमा समानुपातिकमा ०७४ को तुलना गर्दा चार लाख १३ हजार एक सय ६४ मत कम आएको उल्लेख गरिएको छ । 

‘सहरमा स्वतन्त्र तथा नयाँ पार्टीहरूको आगमन, ग्रामीण इलाकामा कम्युनिस्टलाई मत जाँदा पार्टीले समानुपातिकमा ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ,’ पौडेलले भने । समितिले प्रतिवेदन यसअघि नै निर्वाचन पार्टी सभापति शेरबहादुर देउवा र निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठलाई बुझाइसकेको छ । प्रतिवेदनमा १४६ पेज, १७ अनुसूची रहेको छ । समितिले पार्टीलाई २७ सुझाव दिएको छ । प्रतिवेदनलाई जनतासँग घुलमिल भएका तथा निर्वाचित उम्मेदवारले प्रतिवेदनलाई आत्मसात् गर्न समितिले निर्देशन दिएको छ । प्रतिवेदनमा ढुंगानाले सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन र युवालाई अवसर दिन सुझाव दिएको छ । ‘नेपाली कांग्रेसले समय क्रममा फेरिरहने मतदाताको मनोविज्ञान बुझ्न, नयाँ मतदातालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्नु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलका नेतासँग छलफल गरेका छन् । विश्वासको मत लिने पूर्वसन्ध्यामा उनले बुधबार माओवादीका उपमहासचिव जनार्दन शर्मा र बिहीबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग धुम्बाराहीस्थित निवासमा भेट गरेका हुन् । देउवाले २६ पुसमा राष्ट्रिय विश्वासको मत दिने अवस्थामा प्रभावित पार्ने प्रयास गरेका छन् । देउवानिकट स्रोतका अनुसार देउवालाई भेट्न पुगेका उपमहासचिव शर्माले भेटमा अहिलेको सरकारलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा देउवाले कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने जवाफ फर्काएका थिए । ‘शर्माले सभापतिज्यूलाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्नुभयो जवाफमा सभापतिज्यूले कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने जवाफ दिएर पठाउनुभयो । फर्काएका थिए,’ देउवानिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । 

अध्यक्ष यादव पनि भेटका लागि देउवा निवास पुगेका थिए । जसपा प्रवक्ता मनीष सुमनका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको जानकारी यादवले धुम्बाराही पुगेर भेटेका थिए । स्रोतका अनुसार प्रदेशमा कांग्रेस र जसपाको गठबन्धन गर्न सकिनेलगायतका प्रस्ताव देउवाले गरेका थिए । ‘सभापति देउवाले विश्वासको मत नदिएको अवस्थामा प्रदेशमा सहकार्य गरेर जान सकिने प्रस्ताव गर्नुभयो । जवाफमा यादवले कुनै प्रतिक्रिया दिनुभएन,’ स्रोतले भन्यो ।