१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जना महिलाको ज्यान गयो, १८ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२१:oo

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका– ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको सालझन्डस्बाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस  गएराति १० बजेतिर मधुवन टारीफाँटनजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

ग.१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एकजनाको पहिचान भएको छैन ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लीलाबहादुर केसीले बताए । दुर्घटनाका घाइते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको स्थानीय पत्रकार भुवन रायमाझीले जानकारी  दिए ।

ad
ad