Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ पौष २१ बिहीबार २२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको अदानचुली गाउँपालिकामा तालाबन्दी

सुर्खेत बस्दै आएका अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई हाजिरी गर्न रोक

Read Time : < 1 मिनेट
२०७९ पौष २१ बिहीबार २२:५२:००

सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ । 
शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए । 
गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका हुन् । 

तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए । 

गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा  परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए । 

त्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए । 

एउटै पालिकामा दुईजना कार्यकारी अधिकृत रहेकोबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि पालिकामा भइरहेको बदमासी बाहिर आएको थियो । 

त्यसपछि उपाध्यक्ष रोकायाले अध्यक्ष सिंह र शाहीले गाउँपालिका अपहरण परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा उजुरी दिएपछि शाही बिहीबार पालिका कार्यालय फर्किएका हुन् । 

अध्यक्ष सिंह, निमित्त कार्यकारी अधिकृत शाही र लेखापाल थापामाथि सुर्खेत बसेर गाउँपालिकाको तीन करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेको केही जनप्रतिनिधिले आरोप लगाएका छन् । 

यसैबीच, माओवादीका कार्यकताले अदानचुली गाउँपालिकामा तालाबन्दी गरेका छन् । निमित्त अधिकृत, लेखापाल, प्रशासन इन्जिनियर र सूचना अधिकृत शाखामा तालाबन्दी भएको हो ।