१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको छत्रकोट गाउँपालिकाले स्वयंसेविकालाई पेन्सन दिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५६:oo

गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा गरेको छ । गाउँपालिकाले ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । 

त्यस्तै, ६० वर्ष उमेर पुगेर सेवानिवृत्त हुनेलाई संघीय सरकारले दिने २० हजारमा गाउँपालिकाले ३० हजार थपेर ५० हजार दिने पाण्डेयले बताए । साथै पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर छाड्नेहरूको हकमा १० हजारसहित सम्मानजनक बिदाइ गर्ने निर्णय भएको छ । केही दिनमै कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने पाण्डेयले बताए ।

उत्साहित महिला स्वास्थ्य स्वयंसेविका
छत्रकोट– २ की महिला स्वयंसेविका सावित्रा टन्डनले महिला स्वास्थ्य स्वयंमसेविकाको रूपमा काम गर्न थालेकाे १५ वर्ष भयाे । त्यस वेला मासिक सय रुपैयाँ सुविधा थियो । उनीसँग भोकै काम गरेका विगतका तीता अनुभव पनि छन् । तर, समयसँगै पालिकाले गरेको निर्णयले आफूहरू उत्साहित भएको टन्डनले बताइन् । ‘हामी समुदायमा भूमिका धेरै हुँदा पनि सुविधाविहीन थियौँ । महिला स्वास्थ्य स्वयंसेविका पदले खुसी भए पनि कामका आधारमा पीडित थिए,’ उनले भनिन्, ‘गाउँपालिकाको पेन्सनको निर्णयले ठूलो राहत महसुस भयो ।’ छत्रकोटमा महिला स्वास्थ्य स्वयसेविका ८६ जना छन् । 

कार्यान्वयनमा आकर्षक कार्यक्रम
गाउँपालिकाले पोषणमैत्री गाउँपालिका घोषणाको योजना बनाएको छ । अहिलेसम्म वडा नम्बर २ को पल्लीकोटलाई पोषणमैत्री वडा घोषणा गरिएको छ । त्यस्तै, सुत्केरीलाई भाले उपहार कार्यक्रम कार्यान्वयनमा रहेको छ । यो आर्थिक वर्षमा ८० जनालाई उपप्रमुख घरमै पुगेर भाले उपहार प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले जानकारी दिए । 

त्यस्तै, पालिकाभित्रका हरेक सुत्केरीलाई एम्बुलेन्स सेवा नि:शुल्क गर्ने गरिएको छ भने पालिकाले नयाँ दुई एम्बुलेन्स खरिद गरेकाले गर्भवतीलाई पनि नि:शुल्क गर्ने विषयमा कार्ययोजना बनिरहेको पोख्रेलले बताए । त्यस्तै पालिकाभित्रका चार वटा प्रयोगशालाबाट सुगर, डेंगु र स्क्रप टाइपसको जाँच नि:शुल्क गरिएको पालिकाले जनाएको छ । 

कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यान्वयनमा
छत्रकोट गाउँपालिकामा कृषकलाई कृषक पेन्सन (कृषक प्रोत्साहन) दिने कार्यक्रम पनि कार्यान्वयनमा रहेको छ । गाउँपालिकाले कृषिमा व्यवसायीकरण गर्न कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि ०७७ पारित गरेर कार्यान्वयन गरिरहेको छ । जसका लागि गाउँपालिकाले कृषकलाई तीन वर्गमा विभाजन गरेको छ । कृषि र पशुपालनको क्षेत्रमा उत्पादनको आधारमा गाउँपालिकाले प्रोत्साहन रकम दिइरहेको गाउँपालिकाका कृषि अधिकृत टेकबहादुर खनालले बताए । पहिलो वर्ष ३२ जना र गत वर्ष ३८ जना कृषक प्रोत्साहन रकम पाउनेछन् । खनालका अनुसार उनीहरूले मासिक एक हजारका दरले प्रोत्साहन रकम पाउँछन् । 

२० युनिट विद्युत् महसुल नि:शुल्क

छत्रकोट गाउँपालिकाले पालिकाभित्रका हरेक नागरिकको २० युनिटसम्मको विद्युत महसुल नि:शुल्क गरेको छ । पालिकामा झन्डै पाँच हजार नागरिक रहेका छन् । उनीहरूले २० युनिटसम्म प्राधिकरणको शुल्कअनुसार मासिक ३० रुपैयाँ बुझाउनुपर्थ्यो। गत कात्तिक महिनादेखि यो सुविधा कार्यान्वयनमा आएको गाउँपालिकाको उपप्रमुख सावित्रा भण्डारीले बताइन् । यो सुविधाका लागि गाउँपालिका वार्षिक २० लाख रकम खर्च गर्नुपर्छ । मासिक रूपमा २० युनिटको ३० रुपैयाँ सामान्य विषय भए पनि प्राधिकरण बुझाउन पुग्नुपर्ने बाध्यताबीच नागरिकले गरेको खर्च र सास्तीलाई पनि कम गरिएको भण्डारीले बताइन् । 
 

ad
ad