मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष २० बुधबार ०८:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंकलाई कर्पोरेट एक्सेलेन्सी आइएसपी अवार्ड

Read Time : < 1 मिनेट
२०७९ पौष २० बुधबार ०८:५४:००

यस वर्षको कर्पोरेट एक्सेलेन्सी २०२२ आइएसपी अवार्ड वर्ल्डलिंकले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सेलेन्सी’ प्रदान गरेको हो ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै देशको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिको सम्मानमा यो अवार्ड प्रदान गरिने गरिएको कम्पनीले जनाएको छ । 

अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वल्डंलिंकले देखाएको प्रतिबद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत–सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको कम्पनीले जनाएको छ ।

यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यावसायिक सामाजिक उत्तरदायित्वजस्ता विषयका कारणसमेत अवार्ड मूल्यांकनमण्डलले चयन गरेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।