१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २४ सोमबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:५५:oo

अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ भएको हो।

पर्यटकहरू ताल र आसपासका खाली ठाउँमा विभिन्न परिकारका खाँदै रमाइरहेका देखिन्थे। अन्य समयमा समेत पर्यटकको चहलपहल रहने भरत तालमा आइतबार अत्यधिक घुइँचो देखिएको थियो। निर्माणकै चरणमा रहेको यस ताल बागमती  ४ र १२ नम्बर वडामा गरी एक सय २१ बिघा क्षेत्रफलमा फैलिएको छ।

तालमा एक मिनी कुरजसहित ३० भन्दा धेरै मोटरबोटले पर्यटकलाई जलसयर गराएर मनोरञ्जन प्रदान गरिरहेका छन्। आइतबार ताल घुम्न सबैभन्दा धेरै भारतको बिहार राज्यका पर्यटक आएका मोटरबोट व्यवसायी संघका अध्यक्ष गौतम खड्काले जानकारी दिए।

५६ करोड रुपैयाँ खर्च भइसकेको यस तालमा सञ्चालन भएको मोटरबोटबाट मात्र बागमती नगरपालिकाले वार्षिक दुई करोडभन्दा बढी राजस्व संकलन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए। यस्तै, अंग्रेजी नयाँ वर्षको अवसरमा सर्लाही, रौतहट, मकवानपुर र सिन्धुलीको संगम नुनथर क्षेत्रमा समेत पिकनिक खान आउने पर्यटकको घुइँचो देखिएको छ।

ad
ad