१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ पौष १५ शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इन्डोनेसियामा कोभिडपछि लागेको प्रतिबन्ध हट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १९:३१:oo

इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ। राष्ट्रपति जोको विडोडोले  कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन्।  

दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना सङ्क्रमणको पछिल्लो तथ्यांकका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले  बताए। 

जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गरे। ‘म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड–१९ को जोखिमविरुद्ध सतर्कता अपनाउनुपर्छ,’ राष्ट्रपति कार्यालयबाट उनले भने। साथै उनले भीडमा नजान, जानु परेमा मास्क लगाउन अनुरोध गरेका छन्।