१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ पौष १५ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुधार गृहबाट भागेका चार बालक अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १६:५६:oo

डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चारजना बालक अझै फेला परेका छैनन्। अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राखिएको थियाे।

जबरजस्ती करणीका तीन र कर्तब्य ज्यान मुद्दाका एक गरी चारजना बिहीबार बेलुका सुधार गृहबाट भागेको बाँके प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए। ‘खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ उनले भने। 

बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिमा अनुसन्धान विभाग, नेपाल प्रहरी र कारागारका प्रतिनिधि छन्।