१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाँदाजाँदै सञ्चारमन्त्रीले भने– नेपाललाई आइटी हब बनाउनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १५:४५:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन्। सोमबार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै उनले देशलाई अबको पाँच वर्षमा आइटी हबको रूपमा विकास गर्न जरुरी रहेको बताए। उनले नेपाली युवायुवती बिदेसिन बाध्य भएको भन्दै देशका युवायुवतीलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताए।

‘हाम्रो देशलाई क्लाइमेट, शिक्षालगायत सबै हिसाबले आइटी हब बनाउन जरुरी छ। पूर्वाधार, जलस्राेतको विकास गरेर मुलुकले गति लिएको आभास जनतालाई दिनुपर्छ,’ उनले भने।