Skip This
बागमती प्रदेश सभा सदस्यको शपथ बिहीबार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष ११ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा सदस्यको शपथ बिहीबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार ११:४१:oo

एक सय १० सदस्यीय प्रदेश सभा रहेको बागमती प्रदेशमा सदस्यहरूको शपथग्रहण बिहीबार हुने भएको छ। सदस्यहरूको शपथ दिउँसो २ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसअघि बुधबार प्रदेश सभामा निर्वाचित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सचिव खड्काले शपथका लागि सम्पूर्ण सदस्यलाई सूचित गराइसकिएको बताए। ज्येष्ठ सदस्यले बुधबार शपथ लिएपछि बिहीबार ज्येष्ठ सदस्यले बाँकी सदस्यलाई शपथ गराउनेछन्।

सचिवालयले आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरेको छ।

आफ्नो मातृभाषामा शपथ लिन चाहने प्रदेश सभाका सदस्यले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिनअघि नै उपलब्ध गराउन पनि सचिवालयले स्पष्ट पारेको छ।