नवनियुक्त प्रधानमन्त्री प्रचण्डले भाेलि दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार भोलि दिउँसो चार बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण हुनेछ।
सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रचण्ड आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
सत्तागठबन्धनबाट प्रधानमन्त्रीमा पहिलो कार्यकाल दाबी गरेका प्रचण्डको माग पूरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि एमालेलगायतका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।